भ्रष्टाचार अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरुद्द जेनजी पुस्ताले चलाएको आन्दोलनका क्रममा ताप्लेजुङ्गको पाथीभरा क्षेत्रमा दर्शनार्थीलाई लक्षित गरि राखिएको हेल्थ डेस्कमा आगजनी र तोडफोड गरिएको छ ।
जेनजी आन्दोलनका कारण जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कोशी प्रदेशका विभिन्न जिल्लामा जारी भएका कर्फ्यु र निषेधाज्ञालाई जिल्ला प्रशासन कार्यालयले निरन्तरता दिएका छन् ।
इन्सेक ताप्लेजुङ्ग प्रतिनिधि एलिना दियालीका अनुसार ताप्लेजुङमा अवस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरा क्षेत्रमा निर्माण गरिएको हेल्थ डेस्क भवनमा तोडफोड र आगजनी गरिएको छ । पाथीभराको प्रवेशद्वार नजिक रहेको हेल्थ डेस्क र टि हाउसमा भदौ २५ गते राति तोडफोड गरि आगजनी गरिएको हो । प्रहरीका अनुसार जेनजी पुस्ताले चलाएको आन्दोलनको आडमा अज्ञात पक्षले गरेको आगजनीबाट हेल्थ डेस्क र टि हाउस गरी दुई वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । आगजनी घटनाबारे अनुसन्धान र संलगनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर रोहितकुमार बढाइँले बताउनु भयो । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा उक्त संरचना निर्माण गरिएका थिए । केही समय पहिले नै निर्माण सम्पन्न गरिएका भवनहरु सञ्चालनमा ल्याउन सुरु नभई आगजनी भएको कार्यकारी निर्देशक हाङ्बाङले बताउनु भयो ।
जिल्लामा फुङलिङ्ग नगरपालिकाको कार्यालय भवन तोडफोडसँग आगजनी र तोडफोडका घटनामा वृद्दि भएपछि जिल्ला प्रशासनले कार्यालयले कर्फ्यु आदेशलाई निरन्तरता दिएको छ । स्थानीय शासन सञ्चालन एैन २०२८ दफा ६ क बमोजिम जिल्लामा भदाै २६ गते साँझ ६ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । प्रशासनले जारी गरेको कर्फ्यु आदेश पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम, पश्चिममा संखुवासभा जिल्लाको सिमानाबाट पूर्व, उत्तरमा मित्रराष्ट्र चीन, तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम तथा पाँचथर जिल्लाको सिमानाबाट उत्तर क्षेत्रभित्र लागु हुने छ।
इन्सेक मोरङ्ग प्रतिनिधि विनोद सुवेदीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङ्गले स्थानीय शासन ऐन, २०२८ को दफा ६ क बमोजिम भदौ २६ गते साँझ ५ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मका लागि कडा कर्फ्यु आदेश जारी गरेको छ ।
इन्सेक झापा प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय शासन ऐन, २०२८ को दफा ६ क बमोजिम भदौ २६ गते साँझ ७ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मका लागि कडा कर्फ्यु आदेश जारी गरेको छ ।
इन्सेक सङ्गखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय शासन ऐन, २०२८ को दफा ६ क बमोजिम भदौ २६ गते साँझ ६ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मका लागि कडा कर्फ्यु आदेश जारी गरेको छ ।
इन्सेक तेह्रथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्ला प्रशासन कार्यालय झापाले स्थानीय शासन ऐन, २०२८ को दफा ६ क बमोजिम भदौ २६ गते साँझ ६ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मका लागि कडा कर्फ्यु आदेश जारी गरेको छ । साथै आठराई गाउँपालिका-१ स्थित सक्रान्ति बजारमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प छोडेर जिरीखिम्ती फर्किएको छ । भदौ २४ गते राति नै गुल्म नं ३, जीरीखिम्ती फर्कने आदेश आएपछि केही सुरक्षाकर्मी हतियार तथा सामग्रीसहित सोही राति फर्किएका थिए भने बाँकी २५ गते फर्किएको इन्चार्ज जयकुमार चौधरीले बताउनु भयो । सक्रान्तिबजारमा करिब २० जना सशस्त्र प्रहरी कार्यरत थिए। अचानक फर्कन आदेश आएपनि त्यसको कारणबारे आफूलाई जानकारी नभएको र अब पुनः क्याम्प फर्किने वा नफर्कने टुंगो नभएको चौधरीले बताउनु भयो। ०६३ साल देखि हाल सम्म आठराईको शान्ति सुव्यबस्थाका लागि योगदान पुर्याएको सशस्त्र प्रहरी एकाएक फर्किएको छ ।
इन्सेक ओखलढुङ्गा प्रतिनिधि सरस्वती वानियाका अनुसार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले स्थानीय शासन ऐन, २०२८ को दफा ६ क बमोजिम भदौ २६ गते साँझ ७ बजेदेखि भदौ २७ गते विहान ६ बजेसम्मका लागि कडा कर्फ्यु आदेश जारी गरेको छ ।
इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीले स्थानीय शासन ऐन, २०२८ को दफा ६ क बमोजिम भदौ २६ गते साँझ ६ बजेदेखि भदौ २७ गते विहान ७ बजेसम्मका लागि कडा कर्फ्यु आदेश जारी गरेको छ ।
इन्सेक उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय शासन ऐन, २०२८ को दफा ६ क बमोजिम भदौ २६ गते साँझ ७ बजेदेखि भदौ २७ गते विहान ५ बजेसम्मका लागि कडा कर्फ्यु आदेश जारी गरेको छ ।