चितवनको भरतपुरको कारागारबाट भागेका तीन जना कैदीबन्दी भदौ २५ गते सुनौली नाकाबाट गिरफ्तार भएका छन । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरुलाई गिरफ्तार गरेको हो । तीनै जना भारतीय मूलका रहेका छन् ।
यसैगरी, भदौ २५ गते बिहान जिल्ला कारागार, कपिलवस्तुबाट फरार भएका ४ सय ३५ जनामध्ये प्रहरीले ८५ जना कैदी बन्दीलाई गिरफ्तार गरिसकिएको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका डीएसपी रितेन्द्रकुमार सिंहले बताउनुभयो । भागेका कैदी बन्दीहरुको खोजी गरिरहेको उहाँले बताउनु भयो ।