INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड

जेनजीको समूहले त्रिपुराकोट बजारस्थित नेपाली कांग्रेस पार्टीको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ तथा नगर पार्टी कार्यालयमा भदौ २५ गते साँझ तोडफोड गरेका छन् । तोडफोडबाट झ्याल, ढोका, साइनबोर्ड र झण्डा तोडफोड गरिएको त्रिपुराकोट प्रहरी चौकीले जनाएको छ ।

उक्त क्षेत्रमा पछिल्ला दिनहरुमा तोडफोड र विरोधका कार्यक्रम हुन थालेपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले त्रिपुरासुन्दरी नगरपालिका–१ को त्रिपुराकोट बगर क्षेत्रमा २५ गते साँझदेखि कफ्र्यू आदेश जारी गरेको छ ।

आदेशअनुसार बगर बजारको पूर्वमा रल्लि गाउँ, पश्चिममा कोट गाउँ, उत्तरमा गल्लि गाउँ र दक्षिणमा त्रिपुराकोट बजार (भेरी नदी पुल) भित्रको क्षेत्रमा कुनै पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा विरोध कार्यक्रम गर्न प्रतिबन्ध गरिएको छ । आदेश उल्लंघन गर्नेहरूमाथि कानुनअनुसार कारबाही गरिने प्रशासनले चेतावनी समेत दिइएको छ ।

अन्य

भिडियो