INSEC Online

📅 २०८३ जेष्ठ २१

इलाममा कर्फ्यु आदेश जारी 

जेन जी पुस्ताले चलाएको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय,इलामले भदौ २५ गते कर्फ्यु आदेश जारी गरेको छ।

जेनजीका कारण जिल्लाभित्र हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिलाई दृष्टिगत गरी ०८२ भदौ २५ गते अपराह्न ३ बजेदेखि भदौ २६ गते विहान ६ बजे कर्फ्यु आदेश जारी गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु आदेश जारी गरिएको छ ।

उक्त अवधिभर जिल्लाभित्र आवतजावत गर्न, भेला जम्मा हुन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता कार्यक्रम गर्न नपाउने गरी निषेध गरिएको छ ।

कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु ९खाद्यान्न र इन्धन बोकेका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, औषधीका सवारी साधनहरु, तरकारी र दुग्धजन्य खाद्यान्न पदार्थ बोकेका सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरुको आवागमनमा सुरक्षाकर्मीहरुवाट सहजीकरण प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी आदेशमा उल्लेख छ।

Photo 202509010 ilam

अन्य

भिडियो