INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी आन्दोलन– कोशी प्रदेशमा भौतिक संरचना निशानामा

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते देखि सुरूआत गरेको आन्दोलन दोस्रो दिन भदौ २४ गते कोशी प्रदेशमा झन् हिंसात्मक देखिएको छ ।

जेनजीहरूले भदौ २४ गतेको कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयसहित कोशी प्रदेशसभा भवन, जिल्ला प्रशासन कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय इटहरी सुनसरी, झापाको दमकमा रहेको दमक भ्यूटावर, पूर्व प्रधानमन्त्रीको दमक र तेहृथुममा रहेको जन्मघर, मोरङको रङ्गेली नगरपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लावारी नगरपालिका, इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलेको घर, राजश्व कार्यालय इटहरी, उच्च अदालत विराटनगरलगायतका कार्यालय र भौतिक संरचनामा आगजनी र तोडफोड गरेका छन् ।

आगजनीका कारण करोडौँ मूल्य बराबरको क्षति भएको छ ।

इन्सेक ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जेनजी पुस्ताले ताप्लेजुङ सदरमुकाम फुङलिङमा शक्ति प्रर्दशन गरेका छन् । सदरमुकामा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गरिएको छ ।

photo 20250909 taplejung (1)

photo 20250909 taplejung (2)

photo 20250909 taplejung (3)

इन्सेक सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्ला कारागार सोलुखुम्बुका ८६ जना पुरुष कैदीबन्दी कारागार परिसरबाट भदौ २४ गते भागेका छन् । उनीहरूले कारागार भित्र प्रज्वनलशील पदार्थ पड्काउन आँटेपछि स्थिति भयानक भएको थियो । त्यसपछि कारागार प्रशासनले ढोका खोलिदिएपछि उनीहरू भागेका हुन् । यद्यपि ११ जना महिला कैदीबन्दीहरू भने कारागारभित्रै रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । भदौ २४ गते जेनजी पुस्ताले सदरमुकामा आन्दोलन गरेका छन् ।

Photo 20250909 solu (1)

Photo 20250909 solu (2)

इन्सेक तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जेनजी पुस्ताले पूर्व प्रधानमन्त्री केपी शर्माको ओलीको जन्मघरमा भदौ २४ गते आगजनी गरेका छन् । आठराई गाउँपालिका–४ इवामा रहेको पूर्व प्रधानमन्त्रीको जन्मघरमा जेनजी पुस्ताले घरमा आगजनी गरेका हुन् । प्रहरीको सुरक्षा घेरा तोडेर प्रर्दशनकारीले घरमा आगजनी गरेका हुन् ।

photo 202500909 terthum (1)

photo 202500909 terthum (2)

photo 202500909 terthum (3)

photo 202500909 terthum (4)

photo 202500909 terthum (5)

इन्सेक इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार भदौ २४ गते विहानैदेखि इलाम सदरमुकाम अत्यन्तै तनावपूर्ण बनेको थियो । जिल्लाका विभिन्न स्थानमा आन्दोलन उग्र रूप लिँदै जाँदा सरकारी तथा निजी कार्यालयमा तोडफोड र आगजनी भएका छन् । इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय, कर कार्यालय, चोक बजारको पीपी टावर नजिकैको क्षेत्र, मुनाल ओभरसिसको कार्यालयसहित दर्जनौँ ठाउँमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिएको छ । प्रदर्शनकारी र सुरक्षा निकायबीच झडप समेत भएको छ ।

photo 20250909 ilam (1)

photo 20250909 ilam (2)

photo 20250909 ilam (3)

photo 20250909 ilam (4)

इन्सेक धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जेनजी पुस्ताको आन्दोलन धनकुटामा भदौ २४ गते शान्तिपूर्ण भएको छ । जेनजी पुस्ताहरुले धनकुटा बजारमा शान्तिपूर्ण विरोध र्‍याली गरेका हुन् । विभिन्न नाराजुलुससहित धनकुटाको चुवाको पार्कबाट विरोध र्‍याली सुरुभई मदन चोक, बसपार्कबाट फर्केर पुनः मनद चोक हुँदै कोशी ग्यास, प्रहरी कार्यालय, भिमनाराण चोक, धनकुटा नगरपालिका हुँदै जिल्ला प्रशासन कार्यालय पुगेको थियो । प्रशासन पुगेर प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञानपन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पत्र प्रधानमन्त्रि तथा मन्त्रीपरिषद्को कार्यालयमा पठाउने प्रतिवद्धा समेत जनाउनु भएको छ ।

photo 20250909 dhankuta (1)

photo 20250909 dhankuta (2)

इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार भदौ २३ गते जिल्लाका ६ ओटा स्थानीय तहले भदौ २४ गते शोक बिदा दिएका छन् । काठमाण्डौँमा भदौ २३ गतेको हिंसामा मारिएकाहरुको शोक बिदा दिएका हुन् । भदौ २४ गते जेनजीको आन्दोलनका क्रममा  सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका कार्यालय र विभिन्न वडा कार्यालयमा आगजनी भएको छ । नगरपालिका कार्यालयको १४ कोठामा क्षति पुगेको छ । कुर्सी, टेबल, दराज, झ्याल ढोका पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी इनरुवा नगरपालिका–१ वडा कार्यालय, ३ नम्बर वडा कार्यालय, ५ नम्बर वडा कार्यालय, ६ नम्बर वडा कार्यालय र ९ नम्बर वडा कार्यालय सहित विभिन्न वडा कार्यालयमा आगजनी भएको छ । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी र कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीको घरमा भदौ २४ गते जेनजी पुस्ताले आगजनी गरेको छ । कोशी गाउँपालिकाको कार्यालयमा समेत आगजनी गरिएको छ । गाउँपालिकाको कार्यालय रहेको भाडा घरबाट सबै कागजात र सामग्रीहरु निकालेर लौकही बजारमा लगेर आगो लगाइएको छ । दुहवी नगरपालिका र रामधुनी नगरपालिकामा पनि दिनभर प्रदर्शन भएको छ । इटहरी उपमहानगरपालिका र इलाका प्रहरी कार्यालय इटहरीमा आगजनी गरिएको छ । इटहरीका मेयर हेकमर्ण पौडेलको घरमा समेत आगजनी गरिएको छ । दुहवी नगरपालिकामा रहेको सपिङ्ग सेण्टरबाट सरसामान लुटपाट गरिएको छ । घटनाको इन्सेक सुनसरीले अनुगमन समेत गरेको छ ।

photo 20250909 sunsari (1)

photo 20250909 sunsari (2)

photo 20250909 sunsari (3)

photo 20250909 sunsari (4)

photo 20250909 sunsari (5)

इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार संखुवासभामा भदौ २४ गते जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गरेका छन् । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र खाँदबारी नगरपालिकामा धर्ना दिएका छन् ।

Photo 20250909 sangkhuwasabha (1)

Photo 20250909 sangkhuwasabha (2)

Photo 20250909 sangkhuwasabha (3)

इन्सेक झापा प्रतिनिधि मनोज अधिकारीका अनुसार जेनजी पुस्ताको भदौ २४ गतेको आन्दोलन झापामा हिंसात्मक देखिएको छ । जेनजी पुस्ताहरूले भदौ २४ गते दमक भ्यू टावर, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको झापामा रहेको घर, विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट आगजनी र लुटपाट गरिएको छ ।

photo 20250909 jhapa (1)

photo 20250909 jhapa (2)

इन्सेक मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार जेनजी पुस्ताले भदौ २४ गते विराटनगरमा गरेको प्रर्दशन हिंसात्मक देखिएको छ । जेनजी पुस्ताले कोशी प्रदेशका मुख्यमन्त्रीको कार्यालय, कोशी प्रदेशसभा भवन, भाटभटेनी सुपरमार्केट, राष्ट्रिय वाणिज्य बैङ्क, विद्युत प्राधिकरण, वरगाछी चोक, कर कार्यालय, मोरङको रतुवामाई नगरपालिकाको वडा न.६ को कार्यालय, रङ्गेली नगरपालिकाको कार्यालय, कानेपोखरी गाउँपालिकाको कार्यालय, उर्लावारी नगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । विराटनगरमा भएको प्रर्दशनको इन्सेकले अनुगमन समेत गरेको छ ।

photo 20250909 Biratnagr (1)

photo 20250909 koshi Pradesh sahbha morang (1)

photo 20250909 koshi Pradesh sahbha morang (3)

photo 20250909 koshi Pradesh sahbha morang (4)

photo 20250909 koshi Pradesh sahbha morang (5)

Photo 20250909 Morang (1)

Photo 20250909 Morang (2)

Photo 20250909 Morang (3)

Photo 20250909 Morang (4)

Photo 20250909 Morang (5)

Photo 20250909 Morang (6)

Photo 20250909 Morang (7)

Photo 20250909 Morang (8)

Photp 20250909 Rangeli Morang (3)

Photp 20250909 Rangeli Morang (4)

UML-party-office-aagjani

अन्य

भिडियो