INSEC Online

📅 २०८३ जेष्ठ २१

जेनजी प्रदर्शनकारीहरुद्वारा सरकारी गाडी र कार्यालयमा आगजनी

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध जेन जी पुस्ताले भदौ २३ गतेदेखि सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा आन्दोलन गर्दैआएका छन् । भदौ २४ गते आक्रोसित युवाहरुको समूहले कैलाली र कञ्चनपुर जिल्लास्थित सरकारी कार्यालय, राजनीतिक दलका कार्यालयहरु र राजनीतिक दलका नेताहरुको घरमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दालोनले उग्र बन्दैगएपछि  शान्ति सुरक्षा कायम गर्न भन्दै जिल्ला प्रशासन कार्यालय, कैलाली र कञ्चनपुरले भदौ २४ गते विहानदेखि नै कफ्र्य आदेश जारी गरेको छ । आन्दोलनकारीहरुले कफ्र्यू आदेश अवज्ञा गर्दै आज दिन भरी बिभन्न सरकारी कार्यालय तथा भौतिक संरचना तोडफोड तथा आगजनी गरेको अनुगमनका क्रममा पाइएको इन्सेक प्रतिनिधिहरुले सूचना पठाउनु भएको छ । जेन जी पुस्ताले सुरु गरेको अन्दोलनका क्रममा भौतिक संरचनाहरुमा क्षति भएको भए पनि सुदूरपश्चिम प्रदेश अन्तर्गतका जिल्लाहरुमा मानवीय क्षति नभएको अनुगमनका क्रममा पाइएको इन्सेक प्रतिनिधिहरुले सूचना सम्पेषण गर्नुभएको छ ।

इन्सेक प्रतिनिधि मैनामोती चौधरीका अनुसार जिल्लामा जेन जी पुस्ताले ०८२ भदौ २३ गते सुरु गरेको पहिलो दिनको प्रदर्शन शान्तिपूर्ण रहेता पनि भदौ २४ गते प्रर्दशनकारीहरुले भौतिक संरचनामा तोडफोड र आगजनी गरेका छन् ।

आन्दोलनकारीहरुले प्रदेश प्रमुखको कार्यालय, आन्तरीक मामिला तथा कानुन मन्त्रालय, बन वातावरण  तथा पर्यटन मन्त्रालय, भौतिक विकास तथा पुर्वाधार मन्त्रालय, शहरी विकास तथा भौतिक निमार्ण काार्यलय, कोष तथा लेखा नियन्त्रण कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, आन्तरीक राजश्व कार्यालय, जिल्ला अदालत र जिल्ला बार, नेकपा एमाले, नेपाली कांग्रेसको कार्यालय र डाक्टर आरजु देउवा राणाको घरमा आगजनी गरेका छन् ।

यसैगरी प्रदर्शनकारीहरुले गोदावरी नगरपालिकाका पूर्व मेयर हरीसिंह साउद र नेकपा एमालेका नेता लेखराज भट्टको घरमा र गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाको कार्यालयमा समेत आगजनी गरेका छन् । कैलाली कारागारमा समेत तोडफोड गरी कैदीबन्दीहरु बाहिर निकालिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताउनु भयो ।

भष्टचारको अन्त्य, शुसासन र सामाजिक सञ्जालमा लगाइएको प्रतिवन्दको बिरोध गर्दै जेन जी समुहले आन्दोलन सुरु गरी भौतिक संरचनाहरु तोडफोड र आगजनी गरेपछि शान्ति सुरक्षालाई ध्यानमा राखेर भदौ २४ गते साँझ ५ बजेदेखि लागु हुने गरी कफर््यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय, कैलालीका सूचना अधिकारी जोशीले बताउनु भयो ।

जेन जी समूहले भदौ २३ गते काठमाडौँ लगायत देशका अन्य जिल्लामा सञ्चालन गरेको आन्दोलनमा प्रहरीले अत्याधिक बल प्रयोग गरी गोली हानेर युवाहरुको हत्या गरिएको घटनाको इन्सेक लगायतका बिभिन्न संघसस्थाहरुले सयुक्त रुपमा प्रेश विज्ञप्ति जारी गरेर घटनाको भत्सर्ना तथा निन्दा समेत गरेका छन् ।

प्रहरीले आन्दोलनकारीहरुलाई नियन्त्रण गर्न नसकेपछि हाल कैलाली जिल्लामा सेना परिचालन गरिएको छ ।

इन्सेक प्रतिनिधि लिली कुँवरका अनुसार भष्टचार, अन्याय र सामाजिक सञ्जाल नियन्त्रण गरेको बिरोधमा आन्दोलित जेन जी पुस्ताका युवाहरुलाई ०८२ भदौ २३ गते प्रहरीले गोली हानी हत्या गरेको भन्दै बिरोधमा उत्त्रिएका युवाहरुले जिल्लाका बिभिन्न कार्यालयहरुमा आगजनी र तोडफोड गरेका छन् ।

प्रदर्शनकारीहरुले नेपाली कांग्रेस, नेकपा एमाले, भीमदत्त नगरपालिकाको कार्यालय, अख्तियार अनुसन्धान आयोगको कार्यालय, शुक्लाफाँटा नगरपालिकाको भवन र जिल्ला प्रशासन कार्यालयमा तोडफोड गर्नुको साथै आगजनी गरेका छन् । आन्दोलनका कारण जिल्लाका शिक्षण संस्था, उद्योग, व्यवसाय, यातायात क्षेत्र पूर्ण प्रभावित भएको छ ।

महेन्द्रनगर, झलारी, बेलौरी, पुनर्वास, बेलडाँडी सहित जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका बजार क्षेत्रहरूमा समेत जेन–जी पुस्ताका युवाहरूको प्रदर्शन निरन्तर जारी छ । जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणको सुरक्षालाई ध्यानमा राख्दै अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेको छ । सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको जनाइको छ । आक्रोशित युवाले सरकारी कार्यालय र राजनीतिक दलका पार्टी कार्यालय निसाना बनाएका छन् । सुरक्षा संवेदनशीलतालाई ध्यान दिएर जिल्लाका चोकचोकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको छ । लामो तथा छोटो दूरीका सवारी साधन ठप्प छन् । शैक्षिक संस्था र बजार पनि बन्द गरिएको छ ।

जेन–जी पुस्ताको आन्दोलन उग्र बनेपछि जिल्लाको शान्ति सुरक्षा कायम राख्न भदौ २४ गते बिहान ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

photo20250909kailali (1)

photo20250909kailali (2)

photo20250909kailali (3)

photo20250909kailali (4)

photo20250909kailali (5)

photo20250909kailali (6)

photo20250909kailali (7)

photo20250909kailali (8)

अन्य

भिडियो