INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रधानमन्त्री राजीनामा देऊः न्यायिक छानविनलाई सघाऊ: इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ भदौ २४ गते एक विज्ञप्ति प्रकाशन गरी भदाै २३ गते काठमाडौंमा राज्यले गरेको नरसंहारको न्यायिक छानबिनको माग गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा  भ्रष्टाचारअव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजीले ०८२ भदौ  २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा राज्यले गरेको नरसंहारको न्यायिक छानबिनको पुनः माग गरिएको हो । हिजो मन्त्रिपरिषद्ले गरेको छानविन समिति गठन गर्ने निर्णय मान्य हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ वर्तमान सरकारको औचित्य समाप्त भइसकेकाले अब बन्ने नयाँ सरकारले नै शक्तिशाली आयोग गठन गरी निष्पक्ष न्यायिक छानविन गराउन जिम्मेवारी सम्हाल्नु पर्छ विगतमा जस्तै आयोगहरू बन्ने तर तिनका सिफारिस कार्यान्वयन नहुने प्रवृत्ति नदोहोरियोस् भन्ने कुराको सुनिश्चितताको माग विज्ञप्तिमा गरिएको छ ।

अन्य

भिडियो