भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले ०८२ भदाै २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । अन्य सयभन्दा बढीको सोही अस्पतालमा र अन्य घाइतेहरुको राजधानीका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रदर्शनकारीहरु बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएर ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्वर पुगेका थिए ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहरा प्रहार गरेको थियो। प्रदर्शनकारी निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अघि बढेका थिए । उनीहरु संसद भवन भित्र प्रवेश गर्न खोज्दा प्रहरीले हवाइफाइर गर्नुका साथै गोली प्रहार गरेको थियो । प्रहरीले प्रहार गरेको गोली लागेर दुई जना पत्रकार घाइते भएका छन् । प्रहरीले चलाएको गोली लागेर नयाँ पत्रिका दैनिकमा कार्यरत फोटो पत्रकार दिपेन्द्र ढुंगाना र कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ घाइते भएका हुन् ।
प्रदर्शनलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय, काठमाडौँले बानेश्वर, सिंहदरबार, बालुवाटार र शितल निवास वरपर कर्फ्यु आदेश जारी गरेको छ ।

ट्रमा सेन्टरमा उपचाररत ४९ घाइते (नामावली)
घाइतेहरुको नामावलीको फाेटो स्रोत: अनलाइनखबर डक कम









