INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले बुटवल उपमहानगरपालिका–१२ तामनगरका ४८ वर्षीय विष्णु प्रसाद ढकाललाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ भदौ ८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै तीन महिना कैद, १० हजार रुपियाँ जरिबाना, ३० हजार रुपियाँ पीडितलाई आरोपित मार्फत क्षतिपूर्ति भराइदिने र ४ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८२ जेठ १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण जेठ १ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको थियो । प्रहरीले आरोपितलाई जेठ १ गते तामनगरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो