महाबु गाउँपालिका–६ रानीबनकी घर भई दैलेख मोडेल स्कूलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई ०८२ भदौ १५ गते गृहकार्य अधुरो गरेको भन्दै शिक्षक विवेक सिंहले कुटपिट गरेको बालिकाका बुबा मदन शाहीले बताउनु भयो ।
कुटपिटपछि कतै नभन्न दबाब दिएका कारण पीडित बालिकाले घरपरिवारमा नभनेको र चार दिनसम्म पनि ढाड, खुट्टा लगायतका ठाउँमा लागेको चोट निको नभएपछि फुपूलाई जानकारी गराएपछि मात्रै कुरा बाहिर आएको शाहीले बताउनु भयो । पीडित बालिकाको उपचार स्थानीय मेडिकलमा भइरहेको र कुटपिट गर्ने शिक्षकलाई कारबाहीका लागि कानूनी उपचार खोज्ने परिवारजन बताएको छ । घटनाका बारेमा दैलेख मोडेल स्कूलका प्रिन्सिपल हिक्मत बुढासँग प्रतिक्रिया माग्दा उनले एक महिना अगाडिको घटना अहिले प्रचारमा ल्याइएको टिप्पणी गर्नुभयो ।
