१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दाजु नातापर्ने २१ वर्षीय पुरुषलाई ०८२ भदौ १९ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई भदौ १५ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडितले भदौ १८ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दिएकी छिन् ।
पीडितको स्वास्थ्य परीक्षण भदौ १८ गते प्राथामिक स्वास्थ्य केन्द्र मेलम्चीमा गरिएको छ ।