राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारी ०८२ भदौ १८ गते राति कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गरेको अवस्थामा पहिचान नखुलेको समूहको आक्रमण परी घाइते भएका छन् ।
मोटरसाइकलमा आएका तीन जना व्यक्तिहरुमध्ये एकजनाले रडले टाउकोमा र अर्कोले खुट्टामा प्रहार गरेका थिए । आक्रमणबाट बदनको टाउकोमा चोट लागेको छ । उनको चुच्चेपाटी स्थित स्तूपा सामुदायिक अस्पतालमा उपचार गरिएको छ ।
घटनाका बारेमा अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जनाएको छ ।