१५ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला हंसपुर नगरपालिका-८ का २८ वर्षीय रिजाउल नदाफलाई ०८२ भदौ ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई भदौ ४ गते बाटोमा हिँडिरहेको अवस्थामा भङ्गहा नगरपालिका – ८ बाट बाइकमा राखेर बजारसम्म पुर्याइ दिन्छु भनी जनकपुरतर्फ लैजान लाग्दा बालिका कराएपछि छोडेर भागेका थिए । आरोपित विरुद्ध बालिकाले भदौ ७ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिएको डीएसपी शैलेन्द्र भट्टले बताउनु भयो ।