बैतेश्वर गाउँपालिका–३ घर भई आँकुरा इङलिस माध्यमिक बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय बालकलाई ०८२ भदौ ९ गते प्रधानाध्यापक अजितकुमार चौधरीले आफ्नै कार्यकक्षमा लगेर कुटपिट गरेको पीडितले आरोप लगाएका छन् ।
स्कुलमा दिउँसो तीज विशेष कार्यक्रम भइरहेको थियो । कार्यक्रममा बिचमा बालबालिका खेल्दै थिए । खेल्दै गर्दा प्रधानाध्यापकको छोरीलाई सानो ढुङ्गा उछिट्टिएर लागेको विषयलाई लिएर प्रधानाध्यापकले बालकको दुवै तिघ्रामा निलडाम हुनेगरी कुटपिट गरेका थिए ।
बालक साँझ घर पुगेर बेलुकाको खाना नखानुका साथै रातभर छटपटी गरेर सुत्न नसकेको देखेपछि के भयो भनेर हेर्दा खुट्टा र घाँटीमा निलडाम देखेको पीडितका बुबाले बताउनु भयो । घाइते बालकको उपचार चरिकोट च्छोरोल्पा अस्पतालमा गरिएको छ ।

कुटपिटको विषयमा विद्यालय व्यवस्थापन समितिमा कुरा गर्दा यस घटनाले स्कुलको बेइज्जत हुन्छ बरु उपचार गरेर बिल लिएर आउनु भुक्तानी गरौँला भनेको पीडित बालकका बुबाले बताए ।
