INSEC Online

📅 २०८३ जेष्ठ २१

किरियापुत्री कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

 

विराटनगर महानगरपालिका–११ स्थित पिचरामा किरिया गर्न बसिरहेका परिवारमाथि ०८२ भदौ ९ गते कुटपिट गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–११ का २७ वर्षीय प्रमोद सहनी र २९ वर्षीय सुनिल सहनीलाई गिरफ्तार गरेको छ ।

किरियापुत्रीलाई भदौ ९ गते राति कुटपिट गरेपछि पीडित परिवारले भदौ १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयकी डिएसपी कोपिला चुडाँलले बताउनु भयो ।

कुटपिटबाट किरिया गर्न बसिरहेका हरिनारायण कामत र उनका छोराहरु किरण कामत, सन्तोष कामत, छोरी काली कामत घाइते भएका छन्  ।

अन्य

भिडियो