INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा १० वर्ष ६ महिना कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले महाराजगञ्ज नगरपालिका–११ बडेगाउँका २६ वर्षीय राम नरेश मुराउलाई १० वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहोराको साउन ३० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै १० वर्ष ६ महिना कैद, ५ लाख रुपियाँ जरिबाना, ५ हजार रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराइ दिने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८० पुस ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ९ गते जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण ०८० पुस ९ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई पुस ९ गते आफ्नै घरबाट गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो