INSEC Online

📅 २०८३ जेष्ठ २१

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

टिकापुर नगरपालिका–४ घर भई कैलाली जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका ५६ वर्षीय रामकिसन चौधरीको ०८२ भदौ ९ गते उपचारका क्रममा मृत्यु भएको छ ।

चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि भदौ ९ गते दिउँसो उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेको कारागारका प्रमुख प्रकाश ढुंगानाले बताउनु भयो ।

पुर्पक्षका लागि थुनामा पठाइएका चौधरीको स्वास्थ्य परीक्षण गर्दा उच्च रक्तचापको समस्या समेत देखिएको उहाँले बताउनु भयो ।

घटनाका बारेमा मृतकका छोरालाई जानकारी गराइएको र छोरा आइपुगेपछि शवको पोष्टमार्टम गरी जिम्मा लगाइने प्रमुख ढुंगानाले बताउनु भयो ।

बलात्कार घटनाका आरोपित चौधरीलाई जिल्ला अदातल, कैलालीको साउन २९ गते बसेको इजलासले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

पछिल्लो दुई महिनाको अवधिमा कैलाली कारागारका तीन जना कैदीबन्दीको मृत्यु भइसकेको छ । बैंकिङ कसूरमा दोषी ठहर भएर कैलाली जिल्ला कारागारमा सजाय भुक्तान गरिरहेका डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको असार २ गते मृत्यु भएको थियो भने साउन २३ गते कैदीबन्दीबिच भएको झडपमा परी धनगढी उपमहानगरपालिका–४ का भरत चौधरीको मृत्यु भएको थियो ।

अन्य

भिडियो