INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिचान नखुलेको समूहद्वारा वडा कार्यालय र स्वास्थ्यचौकी तोडफोड

तातोपानी गाउँपालिका–४ हाँकु गाउँस्थित वडा कार्यालय र स्वास्थ्य चौकीमा पहिचान नखुलेको समूहद्वारा तोडफोडसहित चोरी गरिएको छ । पहिचान नखुलेको समूहले ०८२ भदौ ६ गते राति वडा कार्यालय र हाँकु स्वास्थ्य चौकी तोडफोड गरेर चोरी गरेका हुन् । वडा कार्यालय र स्वास्थ्य चौकीमा रहेका सामानहरु तोडफोड गर्नुका साथै ल्याप्टप, राष्ट्रिय झण्डा, टिर्सट, भण्डारण गरिएका नुन,  नुन बिक्री गरेर राखिएका ११ हजार ३ सय रुपियाँ समेत चोरी भएको ४ नम्बर वडाका वडाध्यक्ष अमरबहादुर रोकायाले बताउनु भयो । भदौ ७ गते बिहान कार्यालय सहयोगीले वडा अध्यक्षको कार्यकक्ष र स्टोरको ढोका खुला भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले तोडफोड र चोरी गर्ने समूहको खोजी कार्य भइरहेको जानकारी दिनुभयो ।

अन्य

भिडियो