INSEC Online

📅 २०८३ जेष्ठ २२

बाढी पीडित ११ घरपरिवारले पाएनन राहत 

ताँजाकोट गाउँपालिका–१ स्थित जिमाना र काँडागाउँका ११ बाढीपीडित घरपरिवारले राहत पाउन सकेका छैनन् । जिल्लामा नियमित परेको अविरल वर्षाका कारण ०८२ साउन २८ गते आएको लेदोसहितको बाढीले ११ घर बगाएको थियो । बाढीले घर बगाएको १३ दिनसम्म पनि सम्बन्धित निकायले राहतमा बेवास्ता गरेको बाढीपीडित रणबहादुर रिठालले गुनासो गुर्नभयो । बाढी आउँदा खोला आसपासमा रहेको खेतीयोग्य जमिनसहित धानबालीमा क्षति पुगेको अर्का पीडित मनवीर रिठालले बताउनु भयो । घर लगायत धानबालीमा पहिरोले क्षति पुर्‍याएपछि जिविका चलाउन समस्या भएको उहाँले सुनाउनुभयो ।

उक्त समस्याको समाधानका लागि गाउँपालिकाले समेत कुनै चासो नदेखाएको रिठालको भनाइ छ । घर र अन्नबाली बाढीले बगाएपछि यहाँका ११ घरपरिवार बिचल्लीमा परेका छन् ।

बाढीका कारण लाखौंको धनमाल र जग्गा जमिनमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर जङगबहादुर सिंहले बताउनु भयो । उहाँका अनुसार प्रहरीले मुचुल्का बनाएर सम्बन्धित निकायसम्म पुर्‍याइसकेको छ । बमबहादुर रिठाल, धौला रिठाल, मन्जीत कार्की, धनलाल रिठाल, बाँठे रिठाल, राजबहादुर रिठाल, दलविर रिठाल, मनसिंह रिठाल, रणबहादुर रिठाल, विरसिंह रिठाल र विर रिठालको घर र धनमालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अन्य

भिडियो