INSEC Online

📅 २०८३ जेष्ठ २१

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

शुभकालिका गाँउपालिका–३ निवासी रेडियो चंखेलीमा कार्यरत पत्रकार ३५ वर्षीय खडानन्द अधिकारी र सोही ठाउँका कारोबार दैनिकमा कार्यरत पत्रकार २८ वर्षीय किरण अधिकारीलाई समाचारको विषय लिएर ज्यान मार्ने धम्की दिइएको छ । वडा नम्बर ३ स्थित जनज्योति माध्यमिक विद्यालय भर्ताका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ४१ वर्षीय प्रेम प्रकाश जैशी र सोही विद्यालयका प्रधानाध्यापक ४७ वर्षीय तुलाराम धितालले भदौ ५ गते फोन मार्फत ज्यान मार्ने धम्की दिएका हुन् ।

आरोपितहरुले विद्यालयको लाखौँ रकम हिनामिना शीर्षकमा समाचार रेडियोमा प्रसारण तथा सामाजिक सञ्जालमा प्रकाशन गरेको भन्दै फोनमार्फत तीन दिनभित्र प्रमाणसहित विद्यालयमा उपस्थित नभए हात काटेर मारिदिने धम्की दिएको पीडितहरुहरुको आरोप छ ।

पीडितहरुले आरोपितहरुविरुद्ध भदौ ५ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की दिनु गलत भएको बताउँदै घटनाका विषयमा पीडितको मौखिक जानकारी आएको र लिखित उजुरी आएमा घटनामाथि अनुसन्धान गर्ने बताउनु भयो ।

अन्य

भिडियो