INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन बन्द

नरहरिनाथ गाउँपालिका–७ माल्कोटमा रहेको शान्ति माध्यामिक विद्यालय रातिमाटाको दुई कोठे नयाँ पक्की भवनमा पहिरोले क्षति पुर्‍याएपछि विद्यालयमा पठनपाठन बन्द भएको छ ।

Photo 2025-08-21 Kalikot

विद्यालयको पक्की भवनमा भदौ २ गते राती आएको पहिरोले क्षति पुर्‍याएपछि पठनपाठन बन्द भएको हो । वर्षासँगै आएको पहिरोले पक्की भवनको पछाडीको भाग पूरै भत्किएर पिलर भाँचिएपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक हरिचन्द्र बटालाले बताउनु भयो । उहाँका अनुसार पहिरोले पूरै विद्यालय जोखिममा रहेकोले भदौ ३ गतेबाट पठनपाठन पूर्णरुपमा बन्द गरिएको छ । पहिरोले विद्यालयको खानेपानी, डेस्क बेन्च, फर्निचर र ट्याङ्कीहरुमा पूर्ण क्षति पुर्‍याएको छ । नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले पहिरोले भवन क्षति बनाएर बालबालिकाको पठनपाठन बन्द भएको विषयलाई पालिकाले गम्भीर रुपमा लिएको बताउँदै विद्यार्थीलाई अध्ययनको वातावरण मिलाउने प्रतिवद्धता जनाउनु भयो । २०४२ मा स्थापना भएको यस विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म अध्ययन गर्ने ४ सय ५० जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

अन्य

भिडियो