धादिङ निलकण्ठ नगरपालिका–१० ढोडेनी ज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्केलाई जातीय आधारमा अपशब्द बोल्दै ज्यानमार्ने धम्की दिएको भन्दै सोही वडाका वडा सदस्य ४५ वर्षीय हिम पाठकविरुद्ध ०८२ भदै ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
आरोपितले विसुन्केलाई साउन १९ गते दिउँसो खेतमा पानी लगाउने विषयमा विवाद हुँदा अपशब्दै प्रयोग गर्दै ज्यानमार्ने धम्की दिएको पीडितले आरोप लगाएका छन् ।
पीडितले उजुरीमा “जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८” विपरित कार्य भएको भन्दै कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।
घटना बारेमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपि सुवास हमालले जानकारी दिनुभयो ।