१६ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रहरीले कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–८ बस्ने ४२ वर्षीय राजकुमार चौधरीलाई ०८२ साउन ३० गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई साउनमा २६ गते बलात्कार गरेको भन्दै पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकी थिइन।
पीडितको स्वास्थ्य परीक्षण साउन २८ गते प्रदेश अस्पतालमा गरिएको छ।