INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्याका घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया ललिता बिकको ०८२ साउन २७ गते हत्या गरेको आरोपमा प्रहरीले  काभ्रे जिल्ला भुम्लु स्थायी घर भई हाल काठमाडौँमा बस्दै आएका २८ वर्षीय सन्तोष सेन्चुरीलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

आरोपित र पत्नी ललिताबिच पारिवारिक सम्बन्ध बिग्रिएको थियो। सन्तोषले ललितालाई साउन २७ गते सम्बन्ध बिच्छेदबारे अन्तिम छलफल गर्न भन्दै गोंगबुस्थित कञ्चन कोशी होटल एण्ड लजमा बोलाएका थिए। उनीहरु झण्डै तीन घण्टा लजमा बसेपछि सन्तोषले ललिताको मुख गम्छाले बाँधी, घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयानका क्रममा बताएका छन्। उनले ललिताको हत्या गरिसकेपछि शव बक्स पलङभित्र लुकाएर लजबाट निस्किएका थिए।

सन्तोष साउन २८ गते ललिताको माइतीपक्षसँग प्रहरीमा ‘बेपत्ता’ भएको निवेदन लिएर पुगेका थिए। त्यसपछि ललिताको शव फेला परेको थाहा पाएपछि उनी फरार भएका थिए। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साउन ३१ गते पर्साबाट गिरफ्तार गरेको हो।

सन्तोषले पछिल्लो समय परस्त्रीसँग प्रेम सम्बन्ध राख्दै आएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी परिसरले जनाएको छ।

शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको छ।

अन्य

भिडियो