२३ वर्षीय महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ भिडियो कलमा कुरा गरेका भिडियोहरू आफन्तलाई पठाइ चरित्र हत्या गरेको भन्दै धनौजी गाउँपालिका -१ का २५ वर्षीय सुरेन्द्र दास विरुद्ध पीडितले २०८२ साउन ३० गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी गरेकी छन्।
उजुरीका विषयमा अनुसन्धान गरी कानुनी कारबाही अघी बढाइने जिल्ला प्रहरी कार्यालय अपराध अनुसन्धान शाखाका वरिष्ठ हवल्दार सन्तोष चौधरीले बताउनुभयो।