१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुर ठहर गर्दै सन्धिखर्क नपा–२ का ४९ वर्षीय हरीप्रसाद भुसाललाई जिल्ला अदालतले कात्तिक २८ गते ६ वर्ष कैद र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले आरोपितको बयान र प्रमाणका आधारमा ६ वर्ष कैद फैसला र ५० हजार रुपियाँ जरिबाना हुने गरी फैसला गरेको जिल्ला अदालतका नासु टेकराज गैरेले बताए ।
आरोपितले युवतीलाई ०७५ जेठ २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।