१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका–२ हल्लानगरका १९ वर्षीय प्रकाश पुन भन्ने जान प्रकाश पुनलाई दुई वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शिव बहादुर थापाको ०८२ साउन २७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै दुई वर्ष कैद सजाय, २० हजार रुपियाँ जरिबाना र ८ सय रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८१ भदौ २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २३ गते नै वडा प्रहरी कार्यालय, चन्द्रौटा कपिलवस्तुमा उजुरी दिएका थिए ।
पीडितको स्वास्थ्य परीक्षण भदौ २३ गते कपिलवस्तु अस्पताल तौलिहवामा गरिएको थियो ।
प्रहरीले आरोपितलाई भदौ २३ गते घरबाटै गिरफ्तार गरेको थियो ।