INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले बुटवल उपमहानगरपालिका –१२ तामनगरका ४८ वर्षीय विष्णु प्रसाद ढकाललाई तीन महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश अशोक कुमार बस्नेतको ०८२ साउन २७ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै तीन महिना कैद सजाय, १० हजार रुपियाँ जरिबाना, प्रतिवादीले धरौटीमध्येबाट ३० हजार रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराइदिने र ४ सय रुपियाँ राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८२ जेठ १ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ ४ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी गरेका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो । प्रहरीले आरोपितलाई जेठ ३ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो