INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहको गोली प्रहारबाट शिक्षकको मृत्यु

हरिपुर्वा नगरपालिका–६ का ४६ वर्षीय एक निजी विद्यालयका शिक्षक ४६ वर्षीय रामपुकार यादवलाई ०८२ साउन ३० गते राती अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ ।

शिक्षक यादव आफ्नै घर अगाडि छरछिमेकीसँग बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले टाउकोमा गोली प्रहार गरेका थिए । रामपुकार भनेको को हो ? भनी सोधेर नै गोली प्रहार गरेको स्थानीय ३४ वर्षीय दिपलाल यादवले बताउनु भयो ।

घाइते यादवलाई उपचारका लागि महोत्तरी जिल्लाको रामगोपालपुर स्थित जानकी एकेडेमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हस्पिटलका संचालक डाक्टर सुरेन्द्र कुमार यादवले जानकारी दिनु भयो ।

गोली प्रहार गरी फरार भएका व्यक्तिहरु चढेको मोटरसाइकल साउन ३० गते राती नै हरिपूर्वा नगरपालिका–७ मा दुर्घटनामा परेको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । उनलाई सर्लाहीको लालबन्दी स्थित मोडेल अस्पतालबाट थप उपचारका लागि जनकपुर पठाइएको छ । उनको परिचय सार्वजनिक नगरेको र अर्का व्यक्ति भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी सरोज राईले जानकारी दिनु भयो ।

शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो