INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८२ साउन ३१ गते बलात्कार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित आमबोटेका ३७ वर्षीय सुमन राईलाई साउन ३१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई घर सुतिरहेको अवस्थामा साउन ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशान्त मिश्रले बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ १ गते गर्ने तयारी गरिएको छ ।

अन्य

भिडियो