INSEC Online

📅 २०८३ जेष्ठ २१

जेष्ठ नागरिक हत्या घटनाका आरोपितहरु गिरफ्तार

धनगढीमाई नगरपालिका—११ का ८५ वर्षीय फनिलाल यादवको ०८२ साउन १४ गते हत्या गरेको आरोपमा सोही नगरपालिका—२ का १९ वर्षीय प्रशान्त कुमार मण्डल र ३३ वर्षीय महेश चौधरीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले गिरफ्तार गरेको साउन २९ गते पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ ।

आरोपितहरुले साउन १४ गते चोरी गर्न जाँदा फनिलालले हल्ला गर्न थाले खुकुरी प्रहार गरी हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले बताउनु भयो ।

फनिलाल राति खाना खाएर एक्लै सुतेको र बिहान नउठेपछि छिमेकीहरुले कोठामा हेर्न जाँदा ओछ्यानमा रगतै रगत देखेपछि प्रहरलिाई खबर गरेका थिए । फनिलालको प्रहरीको सहयोगमा लहान स्थित प्रादेशिक अस्पतालमा उपचारको लागि लगिए पनि उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी कैलाश राईले बताउनु भयो । शवको पोष्टमार्टम धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन १४ गते गरी परिवारले सद्गत गरेको डिएसपी राईले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले हत्याको सूचनाको आधारमा अनुसन्धान गर्दै जाँदा घटनास्थल छेउमा चप्पल र सिसि टिभीको आधारमा अनुसन्धान पछि साउन २३ गते प्रशान्तलाई र साउन २७ गते महेशलाई गिरफ्तार गरेको पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको बताउनु भयो ।

अन्य

भिडियो