INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकार यादवमाथि कुटपिट

राजविराज नगरपालिका–७ खर्साल टोल निवासी नयाँ पत्रिका दैनिकका संवाददाता २५ वर्षीय सौरभ यादवमाथि ०८२ साउन ३० गते कुटपिट भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि उभिरहेका बेला मोटरसाइकलमा आएका तीन जनाको समूहले चक्कु, हेलमेट र पेटी प्रयोग गरी आक्रमण गरेको पीडित पत्रकार यादवले बताउनु भयो । घटनास्थलमै रहेका प्रत्यक्षदर्शी पत्रकार प्रवेश मिश्रका अनुसार पत्रकार यादवलाई लखेटेर कुटपिट गरेपछि तीनै जना फरार भएका थिए ।

पत्रकार यादवको टाउको, हात र शरिरको विभिन्न भागमा चोट लागेको छ । घाइतेको गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भएको छ ।

पीडित यादवका अनुसार आक्रमणमा छिन्नमस्ता गाउँपालिका–१ वीरपुरका ‘क्याप्टेन’ भनिने कृष्णनाथ यादव, राजविराज नगरपालिका–११ का राजु यादव र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झा संलग्न थिए ।

“तीनै जनाले कुटपिट गरे,“–पत्रकार यादवले बताउनु भयो,–“घटना लगत्तै मैले तीनै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको छु ।”

सप्तरी प्रहरी प्रमुख एसपी गौतमकुमार केसीले घटनामा संलग्नमध्ये एक जनालाई गिरफ्तार गरिएको र अन्य दुई फरारको खोजी कार्य भइरहेको छ ।

अन्य

भिडियो