६२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थवाङ गाउँपालिका-२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोकालाई ०८२ साउन २८ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई साउन २३ गते बलात्कार गरेको भन्दै पीडितले साउन २८ गते इलाका प्रहरी कार्यालय थवाङमा उजुरी दिएकी छन् ।
पीडितको स्वास्थ्य परीक्षण साउन २९ गते रोल्पा अस्पताल रेउघामा गरिएको छ ।