INSEC Online

📅 २०८३ जेष्ठ २१

पहिरोमा परी एक वृद्ध र बाढी बगाएर एक बालकको मृत्यु, ८५ घर डुवानमा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जनधनको क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ ।

भारी वर्षापछि आएको बाढीले झापामा एक जना बालकको बगाएर मृत्यु भएको छ । इलाममा ज्येष्ठ नागरिकको पहिरोमा पुरिएर ज्यान गएको छ । उदयपुरमा ८५ ओटा घर डुवानमा परेका छन् ।

मानव अधिकारकर्मी मनोज अधिकारीका अनुसार ०८२ साउन २५ देखि परेको अविरल बर्षाको कारण गएको पहिरोमा परेर रोङ गाउँपालिका-४ मानाबुङमा साउन २८ गते पहिरोमा परी सोही ठाउँका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको छ ।

हिँडिरहेका बेला खोल्सामा आएको पहिरोमा पुरिएर राईको मृत्यु जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मानबहादुर राईले बताउनु भयो ।

दमक नगरपालिका-१० स्थित भालु खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । साउन २८ गते खोलाले बगाएर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक नगरपालिका-१० का ११ वर्षीय बालक छोरा धर्मेन्द्र प्रसाईको भालु खोलाले बगाएर मृत्यु भएको हो ।

मानव अधिकारकर्मी राकेश नेपालीका अनुसार अविरल वर्षापछि आएको बाढीका कारण बेलका नगरपालिका-३ का ८५ ओटा घर साउन २८ गते डुबानमा परेका छन ।

बेलका नगरपालिका-३ स्थित सरस्वती आधारभूत विद्यालयसहित एबीसी टोलका ४० ओटा र जुलेफी टोल, रामपुर ठोक्सिलाका ४५ ओटा गरी ८५ घर डुबानमा परेका हुन ।

बेलका नगरपालिका ३ का वडाध्यक्ष टंकप्रसाद आचार्यले कटुन्जे बबला, मैनामैनी तर्फबाट आउने सिसुवा खोला, जोगिनी खोला, बैरवा खोला, सेती खोला र गिदेरी खोलामा पानीको बहाव बढेर बस्तीपछि ८५ ओटा घर डुवानमा परेका हुन् ।

सरस्वती आधारभूत विद्यालयको भवनमा पानी पसेपछि अनिश्चतकालका लागि विद्यालय बन्द गरिएको वडाध्यक्ष आचार्यले बताउनु भयो । ‘घरमुनि ३ फिटसम्म पानी पसेको छ, बालुवा र गेग्रोटोसहित घरभित्र पसेपछि स्थानीयहरु भुइँ तल्ला छाडेर माथिल्लो तल्लामा बसेका छन् । गिदेरी खोलामा पानीको बहाव बढेपछि बेलका नगरपालिका २ को रामनगर र शान्तिनगर समेत बाढीको उच्च जोखिममा परेको छ ।

कोशी नदीमा पानीको बहाव बढ्दै गएपछि बेलका नगरपालिका-१, २, ३, ८ र ९ जोखिममा रहेको बेलका नगरपालिकाकी उपप्रमुख जिरा राईले बताउनु भएको छ ।

अन्य

भिडियो