१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दंगीशरण गाउँपालिका–२ का २१ वर्षीय डिल्ली भन्ने दिलिप बिकलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश लालसिंह थापाको इजलासले ०८२ साउन २७ गते आरोपितलाई कसुर ठहर गर्दै १२ वर्ष कैद, ५ लाख रुपियाँ जरिबाना, ३० हजार रुपियाँ क्षतिपूर्ति र २० हजार रुपियाँ पीडित राहत कोषमा उपलव्ध गराउने फैसला गरेको अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।
आरोपितले बालिकालाई ०८१ वैशाख ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ७ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । पीडितको स्वास्थ्य परीक्षण वैशाख ७ गते राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भएको थियो । प्रहरीले आरोपितलाई जेठ ५ गते गिरफ्तार गरेको थियो ।