कानेपोखरी गाउँपालिका–१ झरनाघुटुकी ४० वर्षीया दुबी सतारको हत्या गरेको आरोपमा प्रहरीले ४५ वर्षीय पति बाबुधन सतारलाई ०८२ साउन २६ गते गिरफ्तार गरेको छ ।
घरायसी विवादका क्रममा आरोपितले साउन २५ गते पत्नी दुबीलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट घाइते दुबीको कोशी अस्पतालमा साउन २६ गते उपचार गरिएको र अस्पताले डिस्चार्ज दिएर घर ल्याउने क्रममा साउन २६ गते साँझ मृत्यु भएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरेको हो ।
इलाका प्रहरी कार्यालय, पथरीका डिएसपी तुलसीराम अर्यालले पत्नीको हत्या गरेको आरोपमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरेको बताउनु भयो ।
शवको पोष्टमार्टम मदन भण्डारी ट्रमा सेण्टर मङ्गलवारेमा साउन २७ गते गरिएको छ ।
पीडित पक्षले साउन २७ गते शव बुझी कानेपोखरी गाउँपालिका–१ झरनाघुटुमा सद्गत गरेको छिमेकी ५० वर्षीय छोटेलाल हस्दाले बताउनु भएको छ ।