INSEC Online

📅 २०८३ जेष्ठ २१

विषाक्त च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

उर्लाबारी नगरपालिका१ मेचीडाँगीमा विषाक्त च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् ।

उर्लाबारी नगरपालिका१ का मेचीडाँगीका ६९ वर्षीय लालबहादुर खड्काको परिवारका सदस्यहरू विषाक्त च्याउ खाँदा बिरामी भएका हुन् ।

प्रहरीका अनुसार जङ्गलबाट टिपेर ल्याएको च्याउको तरकारी बनाएर खाँदा ०८२ साउन २५ गते  राति एकै परिवारका पाँच जना बिरामी भएका हुन् ।

बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुरसहित उनकी पत्नी ६८ वर्षीया पवित्रा खड्काछोराहरू ४२ वर्षीय शेरबहादुर खड्का३८ वर्षीय जङ्कबहादुर खड्का र बुहारी २४ वर्षीया जानुका खड्का रहेका छन् ।

बिरामीहरुको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ ।

अन्य

भिडियो