INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन सम्बन्धका लागि प्रलोभन दिएको घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकलाई यौन सम्बन्धका लागि प्रलोभन देखाएको आरोपमा प्रहरीले ३६ वर्षीया प्रमिला विश्वकर्मालाई ०८२ साउन २१ गते गिरफ्तार गरेको छ ।

सरकारी कार्यालयमा कार्यालय सहयोगी पदका कार्यरत प्रमिला विश्वकर्माले हाकिमसँग यौन सम्बन्ध राख्नका लागि ०८२ साउन ११, १५ र १७ गते बालिकालाई प्रलोभन देखाएको आरोपमा पीडित बालिकाले आरोपितविरुद्ध साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रमबहादुर भट्टराईले बताउनु भयो ।

आरोपित प्रमिला विश्वकर्माले बालिकालाई हाकिम सरसँग यौन सम्बन्ध राख्नका लागि कम्प्युटर सिकाइदिने, जागिर लगाइदिने, नयाँ मोवाइल किन्दिनेलगायतका प्रलोभन दिएको इन्स्पेक्टर भट्टराईले बताउनु भयो ।

आरोपितले बालिकालाई फकाएको २५ मिनेट लामो अडियो रेकर्डसमेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले कानुनी कारबाही अघि बढाएको छ ।

अन्य

भिडियो