INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले १४ वर्षीय बालकलाई एक वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश प्रकाशचन्द्र अधिकारीको साउन २० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै एक वर्ष कैद, ५ हजार रुपियाँ जरिबाना, २० हजार रुपियाँ क्षतिपूर्ति बापत पीडितलाई भराइदिने र २ सय रुपियाँ पीडित राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८१ जेठ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते इलाका प्रहरी कार्यालय, कृष्णनगर कपिलवस्तुमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो ।

प्रहरीले आरोपितलाई जेठ २५ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो