INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास गरेको कसुरमा तीन वर्ष ६ महिना कैदको फैसला

३३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुरमा जिल्ला अदालतले शिवराज नगरपालिका–३ मैनारका ४५ वर्षीय पीडितका ससुरालाई ३ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश शिवबहादुर थापाको ०८२ साउन २० गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै तीन वर्ष ६ महिना कैद, १ लाख ५० हजार रुपियाँ जरिबाना गरी सोही रकम पीडितलाई भराइदिने फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार कमल कुमार आचार्यले जानकारी दिनुभयो ।

आरोपितविरुद्ध पीडित पक्षले ०८१ फागुन २३ गते बलात्कार प्रयास गरेको भन्दै फागुन २५ गते वडा प्रहरी कार्यालय, चन्द्रौटामा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण फागुन २५ गते कपिलवस्तु अस्पताल तौलिहवामा भएको थियो । प्रहरीले आरोपितलाई फागुन २५ गते गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो