झापा गाउँपालिका–१ का लसुनाका ६० वर्षीय ज्येष्ठ नागरिक जतन सोरेनको हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेर हल्ला गरेको भन्दै ०८२ साउन २० गते राति रूखमा बाँधेर हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय छोरा अनतलाल सोरेनसहित चार जनालाई साउन २१ गते गिरफ्तार गरेको हो ।
मादक पदार्थ सेवन गरेका जतनलाई रूखमा बाँध्न सहयोग गरेको आरोपमा प्रहरीले छिमेकी ५० वर्षीय महादेव टुडु, २० वर्षीय लुखीराम टुडु र २१ वर्षीय लखीराम टुडुलाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ ।
मादक पदार्थ सेवन गरेर हल्ला गरेको भन्दै रूखमा बाँधिएका जतन सोरेनको साउन २१ गते बिहान मृत्यु भएपछि घटनाका आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्र खड्काले बताउनु भयो ।
शव पोष्टमार्टमका लागि मेची प्रादेशिक अस्पतालमा राखिएको छ ।