INSEC Online

📅 २०८३ जेष्ठ २१

पूर्ण अपाङ्गता रामभजनको स्वास्थ्य बिमा

ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका पूर्ण अपाङ्गता १९ वर्षीय रामभजन थारुको स्वास्थ्य बिमा गरिएको छ । इन्सेक अनलाइनमा ०८२ साउन १७ गते ‘सङ्घर्ष र आशाका किरणहरू’ शीर्षकमा रामभजनको फोटो फिचर प्रकाशित भएको थियो । उक्त समाचार प्रकाशित भएपछि मानव अधिकारकर्मी प्रकाश पौडेलको समन्वयमा स्वास्थ्य बिमा बोर्ड बर्दियाले थारुको स्वास्थ्य बिमा गरेको छ ।

सरकारले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बिमा गराउने दर्ता सहयोगीको व्यवस्थापन गरेको भएपनि बिमा बारेमा जानकारी नहुँदा अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचभन्दा बाहिर रहेका छन् । स्वास्थ्य बिमा बोर्ड बर्दियाका प्रमुख डिकेन्द्र बहादुर बिष्टले पूर्ण अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बिमा गर्दा कुनै शुल्क नलाग्ने बताउनु भयो । उहाँले वडाबाट अपाङ्गता भत्ता पाउने व्यक्तिको विवरण बिमा गराउने दर्ता सहयोगीलाई उपलब्ध गराएर बिमा गराउँदा कोही पनि नछुट्ने हुँदा यसलाई प्रभावकारी रूपमा कार्यान्वयनमा लगिनु पर्ने बताउनु भयाे।

अन्य

भिडियो