INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिका–२ घरभई बुटवल उपमहानपा–८ मा बस्ने गौतम बुद्ध सामाुदायिक मुटु अस्पतालको एक्सरे विभागमा कार्यरत ३१ वर्षीय सुवास गौतमलाई ०८२ साउन १७ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई साउन १६ गते यौन दुव्र्यवहार गरेको भन्दै पीडित पक्षले साउन १७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।

अन्य

भिडियो