मकवानपुरगढी गाउँपालिका–५ बुङदोलकी अपाङ्गता भएकी ४० वर्षीया दुर्गालक्ष्मी शिवभक्तीको ०८२ साउन १६ गते हत्या गरेको आरोपमा पति ४५ वर्षीय मानबहादुर शिवभक्तीलाई प्रहरीले साउन १७ गते गिरफ्तार गरेको छ ।
घरमा कोही नभएको मौका छोपी मानबहादुरले घाँटी थिचेर पत्नी दुर्गालक्ष्मीको हत्या गरेको आरोपमा मानबहादुरलाई गिरफ्तार गरिएको जिल्ला प्रहरीका डिएसपी श्यामु अर्यालका बताउनु भयो ।
पीडित पत्नी पक्षघातको बिरामी भई हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेकाले आफू तनाबमा आई घाँटी थिची हत्या गरेको र आफू झुण्डिएर आत्महत्या गर्न खोज्दा डोरी चुडिएपछि प्रहरीको सम्पर्कमा आएको आरोपित मानबहादुरले प्रहरीमा बयान दिएको डिएसपी अर्यालले जानकारी दिनु भयो।
शवको पोष्टमार्टम हेटौँडा अस्पतालमा साउन १८ गते गरियो ।