३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बुटवल उपमहानगरपालिका–११ देवीनगरका ३६ वर्षीय कृष्ण सार्कीलाई ०८२ साउन १६ गते गिरफ्तार गरेको छ ।
आरोपितले महिलालाई साउन ५ गते बलात्कार गरेको भन्दै पीडितले साउन १६ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।
पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको छ ।