INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले गैडहवा गाउँपालिका–३ का पीडितका ३९ वर्षीय बुबालाई जन्म कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको ०८२ साउन ८ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै जन्म कैद, ७ लाख रुपियाँ जरिबाना, ५० हजार रुपियाँ प्रतिवादीबाट पीडितलाई भराइदिने र २ हजार ८ सय रुपियाँ राहत कोषमा दाखिला गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभयो ।

आरोपितले बालिकालाई ०८१ भदौ ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ११ गते भिम अस्पताल भैरहवामा गरिएको थियो । प्रहरीले आरोपितलाई भदौ ११ गते घरबाटै गिरफ्तार गरेको छ ।

अन्य

भिडियो