हङ्गहङ्कमा रोजगारी लगाइदिने प्रलोभनमा पारी सात जना युवतीलाई बेचविखन प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।
झापाको मेचीनगर नगरपालिका-६ काड्डभिट्टा नाका भएर भारतको पानीट्याङ्कीमा पुर्याइएका सात जना नेपाली युवतीको उद्दारसहित भारतीय प्रहरीको सहयोगमा दुई जना मानव बेचविखन घटनाका आरोपितलाई प्रहरीले साउन १६ गते गिरफ्तार गरेको हो ।
भारतीय प्रहरीको सहयोगमा मानव बेचविखन प्रयास घटनाका आरोपित सङ्खुवासभाको मकालु गाउँपालिका-३ का ६१ वर्षीय जपन गुरुङ र भारतको दार्जेलिङ तोरीबारीका ४१ वर्षीउ दिपेश गुरुङलाई प्रहरीले ०८२ साउन १६ गते गिरफ्तार गरेको माइती नेपाल, कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेले बताउनु भयो ।
भारतीय प्रहरीको नियन्त्रणमा रहेका घटनाका आरोपितसहित युवतीहरूलाई भारतीय कानुन पुरा गरी नेपाल ल्याउेन तयारी गरिएको छ ।