INSEC Online

📅 २०८३ जेष्ठ २१

सुक्खा तथा खडेरीका कारण किसानहरु आक्रान्त

महाेत्तरीमा वर्षा नहुँदा सुक्खा तथा खडेरीका कारण किसानहरु आक्रान्त बनेका छन् । खानेपानीको मुहानहरु सुख्दै गएका छन् । समयमा धान रोपाई हुन नसक्दा धानका बीउ खेतमै डढेका छन् । पायक परेका क्षेत्रहरुमा नदी, नहर, कुलो तथा बोरिङको सहायताले रोपाई भए पनि पानीको अभावमा धान खेत सुक्खा भई चीरा परेको अवस्था छ ।

photo 2025-07-31 Mahottari (1)

बिउ डढेर पहेँलो हुँदै गएपनि रोपाई गर्न नसकेकाे बताउँदै औरहीका किसान धर्वेन्द यादव भन्नुहुन्छ, आम्दानीको स्रोत छैन । खेतिपातीबाट परिवार धान्नु पर्छ। यस वर्ष धान फलाउन सकिएन अब के खाएर बाँच्ने । नहरबाट पानी लगाइ जसोतसो रोपाई गरेकी भंगहाकी सावित्री सदा अहिले खेत चीरा परेको भन्दै ऋण गरी खेत रोपाई गरेकामा चिन्तित छिन् ।

photo 2025-07-31 Mahottari (3)

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार यस वर्ष महोत्तरीमा ४० हजार क्षेत्रफलमा रोपाई हुन सक्नेछ । जसमध्ये १४ हजार ४६ क्षेत्रफलमा रोपाई भइसकेको छ । रोपाई हुन अझै २५ हजार ९ सय ५४ क्षेत्रफल बाँकी रहेको ज्ञान केन्द्रका निमित्त प्रमुख देवानन्द राय यादवले बताउनु भयो । प्रमुख यादवका अनुसार जिल्लामा कूल रोपाई भएको क्षेत्रफल जम्मा ३५.११ प्रतिशत रहेको छ भने रोपाई हुन बाँकी क्षेत्रफल ६४.८९ प्रतिशत  रहेको छ ।

photo 2025-07-31 Mahottari (2)

नेपालको भौगोलिक विविधता, कमजोर भौगर्भिक बनावट, संवेदनशील पारिस्थितिकीय प्रणाली तथा सूक्ष्म जलवायु परिवर्तनका असरहरू मुख्य कारणहरू रहेको जिल्ला भू–संरक्षण अधिकृत बेचन कुमार महतो बताउनु हुन्छ । वन विनाश, विश्वव्यापी तापक्रममा वृद्धि, अत्याधिक हरित ग्याँस उत्सर्जन आदि जलवायु परिवर्तनका कारण मानिन्छ ।

अन्य

भिडियो