INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ वैशाख २८ गते बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारीका २२ वर्षीय रञ्जन शाहविरुद्ध पीडित पक्षले वडा प्रहरी कार्यालय मुजेलियामा जेठ १ गते उजुरी दिनुभएको छ ।

घरमा कोही नभएको मौका छोपी आरोपितले बालिकालाई धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जनकपुरधाममा वैशाख २९ गते भयो ।

घटनापश्चात आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय मुजेलियाका असइ सिकेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

अन्य

भिडियो