INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी गाउँपालिका –२ सिम्रुतुका २२ वर्षीय राजिव खड्कालाई कात्तिक २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । प्रहरीमा उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका इन्स्पेक्टर ऋषिकुमार ढुङ्गानाले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सल्लेमा कात्तिक २८ गते गरिएको छ ।

अन्य

भिडियो